योगले शरीर र दिमागलाई सन्तुलित बनाउँछ: प्रथम राष्ट्रपति

ललितपुर | माघ ५, २०८१

योगले शरीर र दिमागलाई सन्तुलित बनाउँछ: प्रथम राष्ट्रपति

ललितपुर:    गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले नियमित योग गर्नाले शरीर र दिमागलाई सन्तुलित बनाउन सहयोग गर्ने बताउनुभएको छ ।


ललितपुर महानगरपालिका वडा नं १६ तथा पतञ्जली योग समिति बागमती प्रदेशको संयुक्तरूपमा आयोजना आज मङ्गलबजारमा सुरु भएको योग उत्सव समारोहमा डा यादवले योग साधनाले पूर्वीय सभ्यतालाई उजागर गरेको र यसले स्वास्थ्यका लागि सकारात्मक प्रभाव पार्ने बताउनुभयो ।


“ऐतिहासिक पाटनमा भएको योग साधनाको कार्यक्रम महत्त्वपूर्ण छ, पाटनको आफ्नै महत्त्व गरिमा पनि छ”, डा यादवले भन्नुभयो, “विसं २०४६ र विसं २०६२र६२ को परिवर्तनमा अगुवाइ गरेको पाटन ओझेलमा परेको छ, योग साधनको माध्यमबाट समाजलाई रूपान्तरण गर्न यो ठाउँले उत्कृष्ट कार्यहरू गर्न सक्नुपर्छ ।”


डा यादवले योग साधनको महत्त्व, गरिमा र अभ्यासका बारेमा देशभर प्रचारप्रसार गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “स्वस्थ्य समाज निर्माणका लागि मानिस स्वस्थ्य हुनुपर्छ, योग साधना स्वस्थ्य जीवनका लागि महत्त्वपूर्ण छ, स्वास्थ्य जीवनबिना देश अगाडि बढ्न सक्दैन, त्यसकारण सबै वडामा योग साधनको विस्तार होस् ।”


वडाध्यक्ष निर्मलरत्न शाक्यले योग अभ्यास पनि जीवनको महत्त्वपूर्ण विषय भएकाले पतञ्जली योग समितिसँग मिलेर कार्यक्रम आयोजना गरिएको जानकारी गराउनुभयो । 


उहाँले तीन वर्षको अवधिमा विकास निर्माणका साथसाथै सांस्कृतिक तथा सामाजिक क्षेत्रमा धेरै कार्यक्रम सम्पन्न भएको जानकारी गराउँदै विभिन्न सङ्घसंस्थासँग मिलेर समाज र समुदायको हितमा कार्यक्रम गरिरहेको बताउनुभयो ।

नेपाल फोटो पत्रकार संघ, कास्कीले मादी गाउँपालिका–३ याङ्जाकोटमा ‘मादी गाउँपालिकाको पर्यटन प्रवद्र्धनमा फोटो पत्रकार भूमिका’ विषयक अन्तरक्रिया गरेको छ ।   मादी गाउँपालिकाको सहयोगमा...

थप पढ्नुहोस्

काठमाडौंः   नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिमा ५०७ जनाविरुद्ध उजुरी परेको छ । कांग्रेस केन्द्रीय अनुशासन समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेक...

थप पढ्नुहोस्

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ चयन हुनुभएको छ ।        एमालेको केन्द्रीय कार्यालय, ललितपुर च्यासलमा भएको बैठ...

थप पढ्नुहोस्